सरकार विरुद्ध नौं विद्यार्थीद्वारा कोणसभा

काठमाडौं, १० असोज । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आन्दोलनरत नौं विद्यार्थी संगठनहरुले आज राजधानीलगायत मुलुक भरि प्रदर्शन गरेका छन् ।
विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनले मूल्य बृद्धिको फिर्ता माग गरेर सरकार विरुद्ध प्रदर्शन गरेको नेविसंघका प्रवक्ता युपी लामिछानले जानकारी दिए । उनका अनुसार नौं विद्यार्थी संगठनले राजधानीका एघार स्थानमा कोण सभा गरेका छन् ।
विद्यार्थी संगठनहरुको कोणसभाका कारण राजधानीका यातायात व्यवस्था केही समय प्रभावित भएको थियो ।
त्यसै गरेर राजधानी बाहिर पनि विभिन्न जिल्लामा विद्यार्थी संगठनहरुले सरकार विरुद्ध कोणसभा गरेर प्रदर्शन गरेका छन् । उनीहरुले हालै बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया