शिखर जुत्ता बन्द गर्ने माओवादीको चेतावनी

काठमाडौं, १० असोज । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले शिखर ब्राण्डको जुत्ता कम्पनीले मजदुरका पेशागत मागलाई वेवास्ता गरेको आरोप लगाएको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर कम्पनीले श्रम ऐन अनुसार मजदुरले अगाडि सारेका जायज माग सम्बोधन नगरे कारखान बन्द गर्ने चेतावनी दिएको छ ।
मजदुरहरुले राखेका माग पुरा नगरी व्यवस्थापकले मजदुर विरुद्ध प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै महासंघका संयोजक रामदीप आचार्यले माग पुरा नभए कम्पनीले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिए ।
मजदुरहरुले तलब ५० प्रतिसत बृद्धि गरिनु पर्ने, मजदुरलाई स्थायी गरिनु पर्ने, संञ्चय कोषको व्यवस्था गर्नु पर्ने, बोनस दिनु पर्ने, दशैं खर्च दिनु पर्ने, एप्रोन र मास्कको व्यवस्था गर्नु पर्ने, यूनियनको सिफारिसमा बढुवा, घटुवा गर्नु पर्नेलगायतका १६ बुँदे माग अघि सारेका छन् ।

प्रतिक्रिया