‘वार्ताको ढोका खुला छ’

दोलखा : कांग्रेस सभापति सुशील कोइरालाले प्रतिपक्षी १३ दलले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरे पनि वार्ता र सहमतिको बाटो खुलै रहेको बताएका छन् ।
पार्टीका नेताहरूसित दोलखा आइपुगेका कांग्रेस सभापति कोइरालाले मंगलबार साँझ पत्रकारसित यस्तो धारणा राखेका हुन् । सत्तारुढ दलहरूसम्बद्ध संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको जनप्रदर्शन गर्ने निर्णयप्रति टिप्पणी गर्दै कोइरालाले सरकारमा आपैँm बस्ने अनि आपैँmले आन्दोलनको घोषणा गर्नु दुनियाँमा कहीँ नभएको कुरा भएको धारणासमेत राखे ।
उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक ‘कु’को बाटोमा अघि बढेको आरोपसमेत लगाए । एमाओवादी विगतदेखि नै सत्ताकब्जाको रणनीतिमा रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले संविधानसभा विघटन गरेर राजनीतिक ‘कु’ गरेको बताए । एमाओवादी र प्रधानमन्त्री भट्टराईले सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्नुको साटो संविधानसभा पुन:स्थापना, चुनावलगायत फरकफरक विषय निकालेर अवरोध पुर्‍याएको उनको भनाइ थियो । उनले एमाओवादीले राष्ट्रपतिलाई कांग्रेसमुखी भएकोलगायत विभिन्न लान्छना लगाउन थालेकामा असन्तुष्टि जनाएका थिए । (सौस)

प्रतिक्रिया