माग पुरा गराउन विमानस्थल बन्द

पोखरा, ९ असोज । स्थानीयले आफ्ना माग पुरा गराउन दबाव दिने उदेश्यले आज पोखरा विमानस्थल अबरुद्ध बनाई दिएका छन् ।
स्थानीयको अबरोध पछि पोखराबाट हुने सबै उडान साढे तीन घण्टा प्रभावित भएको थियो । पोखरामा क्षेत्रीय विमानस्थल बनाउन माग राखेर स्थानीयले विमानस्थल ठप्प पारेका हुन् ।
आन्दोलनकारी स्थानीयले बन्दको वेवास्ता गरेको भन्दै यती एयरलाईन्सको कार्यालयमा तोडफोड गरेका छन् । बन्दकर्ताको तोडफोड पछि यति एयरलाईन्सको सिटी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारी तोडफोडमा उत्रिए पछि स्थानीय प्रशासनले विमानस्थलमा उच्च सुरक्षासतर्कता अपनाएको थियो ।
माग पुरागराउन असोज–१५ गते सम्म विमानस्थलमा दैनिक साढे तीन घण्टा बन्द गर्ने स्थानीयहरुको चेतावनी छ । विमानस्थलबाट उडान अबरुद्ध भएपछि लाखौं रुपियाँ नोक्सानी हुनुका साथै सयौं यात्रुले सास्ती बेहोर्नु परेको छ ।
उडान प्रभावित बनाउन विमानस्थलको मुल गेटमा आन्दोलनकारीले नारावाजी गरेरे अबरोध पुराएका थिए ।

प्रतिक्रिया