विद्यार्थीद्वारा प्राधिकरण घेराउ

काठमाडौं, ९ असोज । लोडसेडिङ अन्त्यको माग गरेर विपक्षी दल सम्बद्ध नौं विद्यार्थी संगठनहरुले आज नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरेका छन् ।
प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा एक घण्टा धर्नासहित घेराउ गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘मुलुक भरि उल्लेख्य वर्षा हुँदा समेत प्राधिकरणले उपभोक्तालाई चरम लोडसेडिङ दिएको छ,’ उनले भने, ‘लोडसेडिङको अन्त्यको माग गरेर घेराउ गरेका हौं ।’
नौं विद्यार्थी संगठनले प्राधिकरण भित्रको चरम आर्थिक अनियमितता र भ्रष्टाचारका विरुद्ध समेत आन्दोलनमा उत्रिनु परेको दाबी गरेका छन् । उनीहरुले विद्युत आयोजनाहरु तोकिएकै समयमा पुरा गर्न पनि आग्रह गरेका छन् ।
मुलुक भरि वर्षात उल्लेख्य भई नदीमा पानीको बहावमा बृद्धि हुँदा समेत प्राधिकरणले लोडसेडिङ घटाउन सकेको छैन ।

प्रतिक्रिया