कांग्रेस नेतृत्वमा सरकार नबन्न सक्छ

पोखरा, ८ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार नबन्न पनि सक्ने बताएका छन् ।
‘अब कांग्रेसको नेतृत्वमा सरकार नबन्न पनि सक्छ,’ उनले भने, ‘नयाँ सरकार जस्को नेतृत्व पनि बन्न सक्छ ।’ पोखरामा आज आयोजित कार्यक्रममा उनले समय बद्लिएकाले चुनावी सरकारको नेतृत्व जस्ले पनि दाबी गर्ने बताए ।
उनले अब कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको उल्लेख गरे । कांग्रेसले सहमतीय सरकारको दाबी गर्दै आएका बेला एमाओवादी अध्यक्ष दाहालले सो अभिव्यक्ति दिएका हुन् ।
निकासका लागि भोली (मंगलबार) दलहरुका बीच सहमतिको प्रयास गरिने बताएका अध्यक्ष दाहालले मुलुकले सहमतीय सरकारनै पाउने बताए । उनले आफू सहमतिको प्रयासमा रहेको दाबी गरे ।

प्रतिक्रिया