कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति

काठमाडौं, ७ असोज । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले प्राधिकरणमा कार्यरत सहायकस्तरका कर्मचारीहरुका छोराछोरीलाई छात्रवृत्ति दिएको छ ।
प्रवेशिका परीक्षा (एसएलसी) मा उत्कृष्ट ल्याउने पाँच जना प्राधिकरण कर्मचारीका छोराछोरीलाई संघले छात्रवृत्ति दिइएको हो । उच्च अंक ल्याउने रुपा पण्डितलाई १० हजार, दोस्रो स्थानमा अंक ल्याउने विप्लप सिटौलालाई ६ हजार र तेस्रो उच्च अंक ल्याउने शिभानी शर्मालाई नगद ४ हजार रुपियाँसहित छात्रवृत्ति दिइएको हो ।
छात्रातर्फ उत्कृष्ट हुने पण्डितलाई पुनः ५ हजार तथा सरकारी विद्यालयबाट उच्च अंक ल्याउने दिवश क्षत्रीलाई नगद पाँच हजारसहित छात्रवृत्ति दिइएको छ । सौर्य

प्रतिक्रिया