सहमति विनाको चुनाव घातकः भुसाल

काठमाडौं, ६ असोज । नेकपा—माओवादीकी प्रवक्ता पम्फा भुसालले ठूला तीन दल र मधेसी मोर्चाको चुनावी निर्णयको सिन्डिकेटले देशलाई दुर्घटनामा धकेल्ने बताएकी छन् ।
रुपन्देही/नवलपरासी–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जनतालाई अधिकार सम्पन्न बनाउन नचाहने राजनीतिक दलका कारण संविधानसभा विघटन गरिएको आरोप लगाईन ।
उनले संविधानसभाको पुनः निर्वाचनका नाममा बनेको सिन्डिकेट देशका लागि घातक हुने चेतावनी दिईन ।
उनले निकासका लागि नेकपा–माओवादी र कांग्रेस मिलेर अघि बढ्ने सहमति भएको बताईन ।

प्रतिक्रिया