जाजरकोटमा शान्ति दिवस वहिस्कार

जाजरकोट, ५ असोज । जाजरकोटमा स्थानीय राजनीतिक दलहरुले अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज आयोजित कार्यक्रम वहिष्कार गरेका छन् ।
कांग्रेस, एमाले, नेकपा–माओवादी, समाजवादी जनता पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगाएतका दलले कार्यक्रम वहिष्कार गरेका हुन् । उनीहरुले कार्यक्रमको अध्यक्षता दलहरुद्धार बहिष्कृत व्यक्तिले गरेको भन्दै विरोधमा उत्रिएको जनाए ।
स्थानीय शान्ति समिति संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका कमानबहादुर खड्काले उद्याोग वाणिज्य संघको चुनावको विषयलाई लिएर आफूहरुको मानमर्दन गरेको दलहरुको आरोप छ । उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर खड्का र दलहरुका बीच विवाद चल्दै आएको छ ।

प्रतिक्रिया