पूर्व राजालाई जिल्ला प्रवेशमा रोक

बाग्लुङ, ५ असोज । एमाओवादी, कांग्रेस, एमालेलगायत स्थानीय राजनीतिक दलहरुको चर्को विरोध पछि पूर्व राजा ज्ञानेन्द्र शाहको आज हुने भनिएको म्याग्दी जिल्लाको भ्रमण स्थगित भएको छ ।
भ्रमण स्थगित भए पछि बन्दको कार्यक्रम समेत फर्ता भएको छ । पूर्व राजाको भ्रमणबाट त्रसिएका म्याग्दीका राजनीतिक दलहरुले जिल्ला प्रवेश गर्ने मुल सडकमै अबरोध पुराएका थिए ।
उनीहरुले पूर्व राजालाई जिल्लामा प्रवेश गर्न नदिन बन्द सम्मको कार्यक्रम सार्वजनिक गरे पछि तनाव हुने भन्दै पूर्व राजाले आफ्नो कार्यक्रम रद्द गरेका हुन् ।
पूर्व राजाको भ्रमणको बिरोधमा मालढुङगा बेनी सडक खण्डको लुङ्दी खोलामा दलहरुले सवारी आवागमनमा अवरोध समेत पुराएका थिए ।
बन्दले भ्रमणका क्रममा तनाव श्रृजना हुन सक्ने सम्भावना रहेको र लुङ्दी खोलामा सडक बिग्रिएका कारण भ्रमण स्थगित गर्नु परेको स्वागत समारोह समितिका जगत गौचनले जानकारी दिए ।
भ्रमण स्थगित भएपछि सर्वदलीय बैठक बसेर दलहरुले बन्द फिर्ता लिएको एमाओवादीका जिल्ला संयोजक गोविन्द पौडेलले बताए ।

प्रतिक्रिया