एनसेल नेपाल साहित्य महोत्सव सुरु

काठमाडौं : एनसेल नेपाल साहित्य महोत्सव बिहीबार राजधानीमा सुरु भएको छ । एनसेल लिटरेचर फेस्टिबल नामकरण गरिएको सो महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला, साहित्यकार ध्रवचन्द्र गौतम, दुर्गालाल श्रेष्ठ, हिरण्यकुमारी पाठक तथा गीता केशरीले सामूहिक उद्घाटन गरे ।
नेपालका चालीस र भारतका चार साहित्यकारले नपाली साहित्यका विभिन्न विधामा छलफल गर्ने महोत्सव चार दिनसम्म चल्नेछ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति काइँलाले महोत्सवमा सहभागिता जनाउन र छलफलमा भाग लिन साहित्यकार तथा साहित्यानुरागीलाई आग्रह गरे ।
कार्यक्रममा साहित्यकार अभि सुवेदीले नेपाली साहित्यमा भित्रिएको नयाँनयाँ आयमको चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकारसँग पाठकले प्रत्यक्ष अन्तरक्रिया गर्न पाउने भएकाले महोत्सव नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण सावित हुने सहभागी साहित्यकारले बताए । (सौस)

प्रतिक्रिया