‘समलिंगी सम्बन्ध रोकेर रोकिदैन’

सांगीतिक क्षेत्रमा टिक्नै नसक्ने अवस्था आए ?
समाजसेवामा लाग्छु । अहिले पनि संगीतलाई पेसा होइन, हबीका रूपमा मात्र लिएकी छु ।
आकाशबाट जुन र तारा लिन आए कोसँग जाने ?
जुनसँग जान्छु । त्यहाँको अध्ययन–अनुसन्धान गर्ने मौका पनि मिल्थ्यो ।
एचआइभी एड्स रोकथामका लागि एम्बेसडर बन्ने अफर आए ?
मेरा लागि त्यो ठूलो सौभाग्य हुनेछ । समाजमा एचआइभीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्थें ।
जिस्म ३ बन्ने भयो र अभिनेत्रीका लागि अफर आए ?
ममा गायन क्षमता मात्र छ, अभिनय गर्न सक्दिनँ । सौन्दर्य मात्र भएर हुँदैन, अभिनयलाई न्याय गर्न सक्ने खुबी पनि हुनुपर्छ । हलिउडमा टाइटानिक–२ बाट बोलाए भने पनि स्विकार्दिनँ ।
कम्मरमुनिको कुनै अंग हटाउनुपर्ने बाध्यता आइलागे ?
औँलाबिना पनि खुट्टा टेक्न सकिन्छ । त्यसैले खुट्टाका औँला हटाइदिन्थें ।
विवाह गरेको १० वर्षपछि श्रीमान्ले समलिंगी हुँ भने ?
सम्बन्धविच्छेद गरेर बाटो खोलिदिन्छु । समलिंगी सम्बन्ध रोकेर रोकिँदैन ।
विवाहपछि श्रीमान्ले सेक्ससम्बन्ध राख्न मानेनन् भने नि ?
सीधै डिभोर्स । यो त बायोलोजिकल निड हो नि † सेक्सबिना कसैको जीवन सार्थक छ ?

प्रतिक्रिया