घर भत्केर पुरिदा चारको मृत्यु

स्याङजा, २ असोज । स्याङजा जिल्लामा अविरल बर्षासँगै घर भत्किदाँ एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
चण्डिभञ्ज्याङ–७ बस्ने ओमप्रकाश सुवेदीको टिनले छाएको घर गएराति भत्किएर सुतेका बालबालिका सहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरले पुरिएर मृत्यु हुनेहरुमा २७ बर्षीया सरस्वती सुवेदी, ९ बर्षीया अस्मीता सुवेदी, ५ बर्षीया आकृती सुवेदी र २० बर्षीय गोविन्द सुवेदी रहेका छन् ।
बर्षाका कारण घर भत्किए पछि घरमा सुतेका सबै परिवार पुरिएका थिए ।

प्रतिक्रिया