धादिङमा तीनसय नौ घर जोखिममा

धादिङ, २ असोज । लगातारको वर्षाका कारण उत्तरी धादिङको तिप्लिङ र सेर्तुङ गाविसमा गएको पहिरोका कारण ३ सय ९ घर जोखिममा परेका छन् ।
पहिरोका कारण एउटा विद्यालय पनि जोखिममा परेको छ । एकसातादेखिको निरन्तर वर्षाले पहिरो जान थालेपछि स्थानीय पीडितहरु छिमेकी गाउँमा शरण लिन पुगेका छन् । पहिरोले तिप्लिङ गाविस वडा नम्वर ५, ६ र ७ को लब्दुङ गाउँ नै जोखिममा पर्न गएको छ ।
वडा नम्वर ५ को ४३ घर, वडा नम्वर ६ को ४१ घर, वडा नम्वर ७ को ९५ घर र दोङदेङ मावि पहिरोको मुखमा परेको स्थानीय चे घलेले जानकारी दिए ।
सेर्तुङ गाविसको आर्वे गाउँका ७० घर, वडा नम्वर ४ स्थित चालिसे गाउँका ६० घर पनि पहिरोको जोखिममा परेको स्थानीय नरमान तामाङले बताए ।

प्रतिक्रिया