पुनःस्थापनाले जटिलता निम्ताउँछः कोइराला

जनकपुर, २ असोज । कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिक गतिरोधको अन्त्य नयाँ निर्वाचनबाटै सम्भव रहेको बताएका छन् ।
जनपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानसभाको पुनःस्थापनाले मुलुकमा निकास दिने भन्दा पनि संवैधानिक, राजनीतिक र अन्य कानूनी जटिलता थप्न सक्ने बताए । उनले भने, ‘संविधानसभा पुनःस्थापना भन्दा पनि नयाँ निर्वाचनमा जानु राम्रो विकल्प छ ।’
कोइरालाले आगामी एक साताभित्रमै राजनीतिक गतिरोधको अन्त्य हुनेमा आफू विश्वास रहेको बताए । उनले दुई तीन दिनभित्रै राजनीतिक गतिरोध अन्त्यका लागि ठोस प्रयास गरिने उल्लेख गरे ।
सरकारको नेतृत्वलाई लिएर कांग्रेसभित्र कुनै अप्ठ्यारो नरहेको सभापति कोइरालाको भनाई थियो । उनले भने, ‘कांग्रेस कुर्सीको होडमा कहिल्यै लागेको छैन ।’
राष्ट्रिय सहमतिको सरकार निर्माण गरी नयाँ निर्वाचनमा जानु राष्ट्रिय आवश्यकता भएको सभापति कोइरालाले दोहराए ।

प्रतिक्रिया