वर्षाले रुकुमको विद्यालय बन्द

रुकुम, १ असोज । पहिरोका कारण जोखिम बढे पछि रुकुम जिल्लाको पेउघा–७, पेउघाडाँडामा रहेको सुभप्रभात प्रस्तावित निमावि अनिश्चितकालका लागि बन्द भएको छ ।
निरन्तरताको वर्षासँगै पहिरोको जाखिम भए पछि विद्यालय बन्द गरिएको शिक्षक लक्ष्मण विकले जानकारी दिए । ‘विद्यालयका तीनवटा भवन पहिरोकै कारण चर्किएका छन्,’ उनले भने, ‘खेल मैदान भत्किएको छ ।’
वर्षा नरोकिए विद्यालय पूर्णरुपमा पहिरोले बगाउने अवस्थामा पुगेको स्थानीयले बताए ।

प्रतिक्रिया