आकर्षक पदका नाममा पूर्वमन्त्रीद्वारा ठगी

विराटनगर, १ असोज । पूर्व सिँचाइ राज्यमन्त्री रमणी रामले विराटनगर—१७ निवासी नरेशप्रसाद चौधरीलाई आकर्षक पद दिने प्रलोभनमा एक लाख पचास हजार रुपियाँ लिएर रहस्य खुलेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी नेपालकी नेत्री समेत रहेकी रमणीले पार्टीमा जिम्मेवारपूर्ण पद दिने प्रलोभन देखार एक लाख पचास हजार रुपियाँ लिएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्व राज्यमन्त्री रमणीले आफ्नो निजी सहयोगी राधेश्याम विश्वासमार्फत पूर्वाञ्चल संयोजक बनाउन उक्त रकम लिएको चौधरीले आरोप लगाए ।
पूर्वाञ्चल संयोजक बनाउँन नसके पछि चौधरीले रमणीसँग पटकपटक रकम फिर्ता गर्न आग्रह गरेका थिए । उनले रकम फिर्ता नगरे पछि बाध्य भए पत्रकार सम्मेलन गरेर रकमका विषयमा सार्वजनिक गर्नु परेको चौधरीले उल्लेख  गरे ।
पूर्व राज्य मन्त्री रमणीले रकम फिर्ता नगरे अदालत जाने चौधरीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया