नवलपरासीमा महेन्द्र राजमार्ग अबरुद्ध

नवलपरासी, १ असोज । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको प्रगतिनगर–३ स्थित लोकाहा पुल चर्किपछि सवारी आवागमन प्रभावित भएको छ ।
पुल चर्किए पछि आज बिहान ८ बजे देखि पूर्व पश्चिम राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् ।
लामो समयदेखि जिर्ण अवस्थामा रहेको पुल समयमा मर्मत नभएका कारण एक्कासी भासिएर चर्किएको हो ।
राजमार्ग अबरुद्ध भएपछि गन्तव्य तर्फ जान हिडेका यात्रु र सवारी साधन नवलपरासीमा अलपत्र परेका छन् । आवतजावतका लागि कुनै पनि बैकल्पीक बाटो नहुँदा झन यात्रुहरु मर्कामा परेका हुन् ।
अवरुद्ध आवागमन खुलाउन सडक डिभिजन कार्यालय बुटवलबाट बोलाईएको डोजरले बैकल्पीक बाटो बनाउन शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया