फोरम निकट व्यवसायीद्वारा विभाग घेराउ

काठमाडौं, १ असोज । कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले पेशागत विभिन्न माग राखेर बैदेशिक रोजगार विभाग घेराउ गरेका छन् ।
कार्यालय समयमा पुगेका फोरमका समर्थकले विभागमा धर्ना समेत दिएको महासचिव प्रज्ञान न्यौपानेले जानकारी दिए ।
फोरमका समर्थकहरुको धर्ना र घेराउका कारण केही समय विभागका दैनिक कार्यमा बाधा समेत परेको थियो ।
फोरमले बैदेशिक रोजगारीका समस्या समाधान गर्नुपर्ने, जनचेतना फैलाउनु पर्ने, व्यवसायलाई मर्यादित बनाउनु पर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया