प्रहरी कारबाहीमा चन्दन तस्करको मृत्यु

सिन्धुपाल्चोक, ३१ भदौ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकट्टीमा आज बिहान रक्तचन्दन तस्कर र प्रहरीबीच झडप हुँदा एक तस्करको मृत्यु भएको छ ।
करिब ५० जनाको समूहमा रहेका तस्करले प्रहरी माथि आक्रमण शुरु गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा गोली लागेर हगाम–२ का विवेक श्रेष्ठको मृत्यु भएको हो ।
प्रहरीले दुई जना तस्करलाई पनि नियन्त्रणमा लिएको नायव उपरीक्षक प्रताप गुरुङले जानकारी दिए । पक्राउ पर्नेमा फुल्पिङकट्टीका विर्ख श्रेष्ठ र प्रताप तामाङ रहेका छन् ।
प्रहरीले तस्करी हुँदै गरेको ७० गिंड रक्त चन्दन पनि बरामद गरेको छ । सिन्धुपाल्चोक हुँदै चीन तर्फ रक्त चन्दन तस्करी हुँदै आएको छ ।
यस अघि सोही स्थानमा शनिबार पनि प्रहरी र तस्करबीच झडप भएको थियो । (फाईल तस्विर)

प्रतिक्रिया