गंगबु बसपार्क विरुद्ध व्यवसायी र मजदुर

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्रिय यातयात व्यवसायी सर्वोच्च महासंघले भाडाका सबै बसलाई गंगबु बसपार्क भित्रैबाट छुट्ने प्रावधान कार्यान्वयन गर्न लागेको भन्दै विरोध जनाएका छन् । उनीहरुले सो प्रावधान कार्यान्वनय भए आन्दोलन गर्ने चतावनी दिएको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले असोज–१ गते देखि लागू गर्न लागेको सो व्यवस्था विरुद्ध आन्दोलन गर्ने जनाए । सरकारले गंगबु बस पार्क बाहिरबाट उपत्यका बाहिर जाने सबै यात्रु वाहक बसलाई बस पार्कमै लैजानु पर्ने अनिर्वाय नीति ल्याउन लागे पछि व्यवसायी र मजदुरहरु आन्दोलित भएका हुन् ।
गंगबु बसपार्कको क्षमता विस्ता नगरेर एक द्वार प्रणाली लागू गर्न खोजेको भन्दै व्यवसायी र मजदुरहरुले विरोध जनाएका छन् । गंगबु बसपार्कको ठेकेदार कम्पनी ल्होत्से बहुउद्देशीय सहकारी संस्थाले बसहरुबाट रकम लिए पनि उचित व्यवस्था नगरेको व्यवसायी र मजदुरहरुको आरोप छ ।
महासंघका अध्यक्ष विष्णु सिवाकोटीले सरकारले लागू गर्न लागेको सिण्डीकेट निर्णय आफूहरुले नमान्ने बताए ।

प्रतिक्रिया