ललितपुरमा सात बर्षीय बालिका बलात्कृत

ललितपुर, ३० भदौ । ललितपुर जिल्लामा सात वर्षीय बालिकालाई जबरजस्ती अनुचितकार्य (बलात्कार) गर्ने मुमताज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
धापाखेल–१, हात्तीवन डेरा गरी बस्ने ३० वर्षीय अन्सारीले सोही घरमा डेरा गरी बस्ने सिंखडा थरकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
अन्सारीले बालिकालाई शुक्रबार राति आठ बजे टिभि हेर्न जाउँ चकलेट खान दिन्छु भनि ललाई फकाई आफ्नै कोठामा लगेर बलात्कार गरेका हुन् ।
बलात्कार गर्ने क्रममा बालिका चिच्याए पछि असन्सारीलाई आफन्त र छिमेकीले पक्राउ गरी प्रहरीमा बुझाएका हुन् । अन्सारीलाई कडा कारबाही गर्ने प्रहरीले जनाएको छ । (तस्विर गुगल)

प्रतिक्रिया