प्रम.सवार हेलिकप्टरको आकस्मीक अवतरण

नेपालगञ्ज, ३० भदौ । जुम्ला जान लागेका प्रधानमन्त्री बाबुराम भट्टराई सहित उच्च सरकारी अधिकारी चढेको हेलिकप्टर खराब मौसमका कारण आज बाँकेको कचनापुर–५ स्थित राप्ती नदी किनारमा सुरक्षित अवतरण गराईएको छ ।
मध्यान्ह १२ बजे नेपालगञ्जबाट जुम्लाका लागि उडेको नेपाली सेनाको एमआई ३८ हेलिकप्टर खराब मौसका कारण एक बजे तिर नदी किनारमा अवतरण गर्नु परेको राँझा बिमानस्थल स्रोतले जनाएको छ ।
जुम्लाका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण जुम्ला जान नसके पछि सल्यान तर्फ डाईभर्ट भएको थियो ।
सल्यानमा पनि खराब मौसम भए पछि नेपालगञ्जको राँझा बिमानस्थल सम्म आउन नसके पछि हेलीकोप्टर राप्ती किनारमा अवतरण गर्नु परेको हो ।
प्रधानमन्त्री भट्टराई सहितका उच्च सरकारी अधिकारीहरुलाई सोही हेलिकप्टर मार्फत नेपालगञ्ज राँझा बिमानस्थलमा सकुशल ल्याइएको छ । (फाईल तस्विर)

प्रतिक्रिया