सरकारले घटायो, व्यापारीले घटाएनन्

काठमाडौं, ३० भदौ । सरकारले दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य घटाए पनि व्यापारीले मूल्य नघटाएपछि उपभोक्ता महूगै मूल्यमा उपभोग्यवस्तु किन्न बाध्य छन् । चाडपर्व नजिकिएको समयमा खाद्यवस्तुको मूल्य महूगिएको भन्दै सरकारले चामल, दाल, गेडागुडीलगायत १५ उपभोग्यवस्तुको भाउ घटाएको छ । तर, व्यापारीले पुरानै मूल्यमा बेचिरहेका छन् ।
सरकारले बिहीबार अत्यावश्यक १५ खाद्य पदार्थको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको थियो । मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा चेम्बर अफ कमर्सका अध्यक्ष, थोक विक्रेतासमेत सहभागी बैठकले खाद्यवस्तुको एमआरपी तोकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले चामल, दाल, केराउ, बोडी र आटाको एमआरपी पहिलोपटक तोकेको भए पनि पुरानो मूल्यभन्दा खासै फरक छैन । तर, विक्रेताले भने घटेको मूल्यमा सामान विक्रि गर्दा घाटा पर्ने भन्दै पुरानै मुल्यमा बिक्रि गरीरहेका छन् । सरकारले अपर्झट खाद्यवस्तुको मूल्य घटाएकाले आफूले किनेको मूल्यभन्दा सस्तोमा बिक्री गर्न नसकिने व्यापारीको भनाइ छ ।
कोटेश्वरमा रहेको गौतम किराना पसलका सञ्चालक दिनेश गौतमले आफूले होलसेलमा महूगोमा सामान किनेर ल्याएकाले घटेको मूल्यमा बेच्दा घाटा हुने बताए । ‘हिजो दिउूसो मात्र होलसेलबाट बढी पैसा तिरेर सामान ल्याइयो,’ उनले भने, ‘सरकारले रातारात मूल्य घटायो, तोकेको मूल्यमा बिक्री गर्दा त हामी घाटामा पर्छांै नि †’ उनले शुक्रबारबाट सस्तो मूल्यमा ल्याइएका अन्य सामग्रीमा भने घटेकै मूल्यमा बिक्री गरेको जानकारी दिए । सरकारले भाउ घटाएको भने पनि आफूले भने १ सय ८ रुपियाूमा नै ठूलो गेडा मुसुरो दाल किनेर ल्याएको बानेश्वर शंखमूलनिवासी शान्ति अधिकारीले
बताइन् । शान्ति मात्र होइन, सरकारले गरेको हतारको निर्णयका कारण धेरै स्थानमा व्यापारीले शुक्रबार पुरानै मूल्यमा उपभोग्यवस्तुको बिक्री गरिरहेको पाइएको छ । सौर्यले शुक्रबार उपत्यकाका चाबहिल, नयाूबानेश्वर, कोटेश्वर, गौशाला, कलंकी, गोगंबु र जोरपाटीका पसलमा व्यापारीहरूको मूल्यबारे जानकारी लिएको थियो । ती स्थानाका अधिकांश पसलले आइतबारबाट मात्र घटेको मूल्य लागू गर्न सकिने बताएका छन् । तर, सरकारले भने शुक्रबारदेखि नै घटेको मूल्यमा ती सामग्री बिक्री गर्नुपर्ने बताएको छ ।नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले अपर्झट निर्णय भएकाले केही व्यापारीले पुरानो मूल्यमा सामान बिक्री गरेको बताए । ‘समस्यामा परेको भन्दै केही साथीले पुरानै मूल्यमा सामान बिक्री गरेको पाइएको छ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा भएकालाई हामीले नयाू मूल्यअनुसार बिक्री गर्न भनेका छाूै ।’ वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले पुरानो मूल्यमा सामान बिक्री गर्ने व्यापारीमाथि कारबाही गरिने बताए । उनले व्यापारी प्रतिनिधिसित छलफल गरेर नै मूल्य निर्धारण गरेकाले घटेको मूल्यमा सामान बिक्री गर्न आनाकानी गर्न नमिल्ने जानकारी दिए ।
मञ्चको आपत्ति
केही उपभोग्यवस्तुको अधिकतम खुद्रा मूल्य तोकिएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले विरोध जनाएको छ । मञ्चले व्यापारीहरूको कडा दबाबका अगाडि झुकेर उपभोक्तालाई मारमा पर्न गरी मूल्य निर्धारण गरेको आरोप लगाएको छ ।
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार आफूै कालाबजारियाको चंगुलमा फस्ने डर देखिएको भन्दै बिहीबारको मूल्य निर्धारण नीतिमा आमूल परिवर्तन गर्नसमेत आग्रह गरेको छ । सरकारी नियमन निकायहरूको आधिकारिक सूचकांकका आधारमा उपभोक्ता हितका लागि मूल्य निर्धारण गर्ने व्यवस्था गर्न मञ्चले मुख्यसचिवको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया