‘कमरेड प्रचण्डका कुरा उडुवा’

दाङ, २७ भदौ । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीका अध्यक्ष प्रचण्डका कुरा भरपर्नलायक नरहेको बताएका छन् ।
उनले सहमति र सहकार्यका नाममा अध्यक्ष प्रचण्डले जहिले पनि हल्का कुरा गर्ने गरेको बताए । ‘अध्यक्ष प्रचण्डले ‘उडुवा’ कुरा गर्छन्,’ उनले भने, ‘त्यस्ता ‘उडुवा’ कुराको खासै विश्वास हुँदैन ।’
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले प्रचण्डका ‘उडुवा’ कुराले सहमति गर्न कठिनाई हुने बताए ।
उनले सत्तारुढ दलहरु सरकार टिकाउन अनेक बाहाना बाजीमा लागिरहेको आरोप लगाए । ‘सत्तारुढ दलहरु सत्ता टिकाउन विभिन्न गतिविधि गरिरहेका छन्,’ उनले भने, ‘एमाओवादी र सरकारमा रहेका दलहरुका कारण समया समाधानमा संकट पैदा भएको छ ।’

प्रतिक्रिया