बन्द फिर्तासँगै जनजीवन सहज

काठमाडौं, २७ भदौ । पेट्रोलियम पदार्थमा भएको भारि मूल्य बृद्धिको विरोधमा विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनले आह्वान गरेको आधा दिने नेपाल बन्द फिर्ता भएपछि मुलुक भरिको जनजीवन सामान्य तर्फ उन्मुख भएको छ ।
बन्दका कारण राजधानीलगायत मुलुक भरिको जनजीवन प्रभावित भएको थियो । बन्द अवधी भर राजधानी प्रवेश गर्ने र बाहिरिने हज्जारौं यात्रु एवं सयौं सवारी साधन सडकमै अलप पत्र परेका थिए । बन्द खुले लगत्तै सवारी साधन र यात्रु गन्तव्य तर्फ लागेका छन् ।
बन्द सफल बनाउन राजधानीका प्रमुख चौक र क्याम्पस अगाडि जम्मा भएका विद्यार्थी संगठनका कार्यकर्ताले नारावाजी सहित आवागमनमा अवरोध पुराएका थिए ।
नेपाल आयल निगमलाई घाटा भएको भन्दै सरकारले मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा भारि मूल्य बृद्धि गरेपछि विपक्षी दल सम्बद्ध विद्यार्थी संगठन सडकमा उत्रिएका हुन् ।
बन्दका क्रममा अप्रिय घटना हुन नदिन सडकहरुमा सरकारले उच्च सुरक्षासर्तकताका लागि बाक्लै सुरक्षाकर्मी उपस्थित गराएको थियो ।  (फाईल तस्विर)

प्रतिक्रिया