झरना डबल रोलमा

काठमाडौं : नायिका झरना थापा अब डबल रोलमा देखिने भएकी छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ओममा उनी दुई फरक रोलमा देखिने भएकी हुन् । सो चलचित्रमा उनी ग्ल्यामरस युवती र ‘जेसी’ भूमिका गरी दुई फरक गेटअपमा देखिनेछिन् ।
झरनाको दुई फरक भूमिकाका कारण चलचित्र पनि फरक शैलीको बनेको प्रस्तुतकर्ता करण क्रेजीले बताए । उनले भने, ‘यसअघिका कुनै चलचित्रमा झरनालाई दुई भूमिकामा उतारिएको छैन, त्यसैले यो दर्शकका लागि बिल्कुलै फरक स्वाद हुने हामीले विश्वास लिएका छौँ ।’
ओम आगामी असोज ५ गतेदेखि देशभर प्रर्दशनमा आउँदै छ । सुमन सिंह, झरना थापा, दीक्षा कुँवर, मोहन श्रेष्ठ, करण क्रेजीलगायत कलाकार मुख्य भूमिकामा छन् । के आर इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ भने राजेश खड्गी र भुपाल कार्की निर्माता छन् । ग्यांग्स्टारको कथावस्तुमा निर्माण भएको यो चलचित्रले प्रत्येक मानिसका सपना फरकफरक हुन्छन् तर ती सबै पूरा हुँदैनन् भन्ने विषयवस्तुलाई उठाएको छ । यो चलचित्र रामजी लामिछानेले निर्देशन गरेका हुन् । (सौस)

प्रतिक्रिया