‘सेक्स नगर्ने पतिलाई सिधै डिभोर्स’

तपाईं नेपालका प्रधानमन्त्रीकी श्रीमती हुनुभएकी भए श्रीमान्लाई कस्तो सुझाब दिनुहुन्थ्यो ?
सबैभन्दा पहिला भ्रष्टाचार नगर्न र गर्नेलाई कारबाही गर्न आग्रह गर्थें । अनि उहाँलाई पोखरामा हनिमुन मनाउन लैजान्थेँ ।
तपाईं साकिराकै शैलीमा नृत्य त गर्नुहुन्छ तर उनले आफूले जस्तै गाएर पनि देखाउन आग्रह गरिन् भने ?
साकिराले नै आग्रह गरिन् भने त संगीत क्लास लिएर भए पनि राम्रो गाउने प्रयास गर्थें ।
एकजनालाई चन्द्रमामा लिएर जान पाए कसलाई लैजाने ?
कुकुरलाई ।
त्यहाँ पुगेपछि सेक्स अनुभूति जाग्यो भने नि ?
अब कुकुरसँग त सेक्स गर्नै मिलेन नि । कुकुरलाई चन्द्रमामा ल्याएकामा दुखेसो पोख्दै बस्थेँ होला ।
राउटे समुदायको उत्थानका लागि सरकारले तपाईंलाई सद्भावनादूत बनायो भने ?
यति ठूलो कामका लागि सरकारले मलाई रोज्छ भने मेरो ठूलो उपलब्धि हो । सद्भावनादूत बनेपछि आफ्ना सबै प्रयास उनीहरूको उत्थानका लागि खर्चन्थेँ । शिक्षादीक्षा दिएर कम्तीमा मेरै लेभलमा पुर्‍याउन प्रयास गर्थें ।
घुलमिल हुँदै जाँदा त्यही समुदायका कुनै युवासँग मायाप्रीति बस्यो भने ?
आफूलाई मनपर्‍यो भने विवाह गरेर पुनरुत्थान कार्यमा लाग्छु ।
यस वर्षको तीजमा शिवजस्तै वर पाए बिहे गर्ने ?
आहो † शिवजस्तो पतिचाहिँ पाउन नपरोस् भगवान् † बिहे भयो भने म उनकी चौथो श्रीमती हुन्छु । मैले बुझेअनुसार शिवका तीन पत्नी छन् ।
शरीरको कुनै अंग हटाउनुपर्ने बाध्यता आए ?
अँ, त्यो हटाऊँ भने त संसारै चल्दैन । हटाउनैपर्ने बाध्यता आए पेट हटाइदिन्थेँ ।
तपाईंकै जस्तो लाग्ने कुनै सेक्सभिडियो सार्वजनिक भयो भने ?
ननिस्किनु निस्किहालेपछि के गर्नु र ? कुनै पत्रिकामार्फत आफ्ना फ्यानहरूलाई सो कार्यको सत्यतथ्य प्रतिक्रिया दिन्थेँ । अनि दर्शकहरूकै माझमा रहिरहन्थँे ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न मानेनन् भने ?
उनलाई जतिसक्दो सम्झाउने प्रयास गर्थें । सम्झिँदै सम्झिएनन् भनेचाहिँ सिधै डिभोर्स गरिदिन्छु ।

प्रतिक्रिया