क्रान्तिकारीद्वारा विद्यालयको गाडी तोडफोड

धरान : नेकपा–माओवादीको विद्यार्थी संघठन अनेरास्ववियु (क्रान्तिकारी) ले विद्यालयलाई ज्ञापनपत्र बुझाउन जाँदा आफूहरूलाई विद्यालय हाताभित्र प्रवेश गर्न नदिएको आक्रोशमा मंगलबार विद्यालयको गाडी तोडफोड गरेको छ ।
धरान–१८ बिपी क्याम्पभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलको को १ क ४५० नम्बरको गाडी धरान–१९ चिमीचोकमा तोडफोड गरिएको हो । विद्यार्थीहरूलाई विद्यालयमा ल्याउनका लागि गएको गाडी तोडफोड भएको हो । तोडफोड हुँदा विद्याथीहरू गाडीमा नभएको चालक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूले विद्यालयको गाडीको सबै भागका सिसा तोडफोड गरेका छन् । तोडफोडका लागि पाँचवटा मोटरसाइकलमा आएका १० जना विद्यार्थीले ‘हामी क्रान्तिकारी विद्यार्थी हौँ’ भन्दै गाडीबाट ओर्लिएर तोडफोड गरेको चालक श्रेष्ठले जानकारी दिए । ज्ञापनपत्र बुझाउन जाँदा विद्यालयको हाताभित्र पस्न नदिएको हुनाले गाडी तोडफोड गरिएको अखिल क्रान्तिकारीका सुनसरी अध्यक्ष मिराक लिम्बूले बताए । (सौस)

प्रतिक्रिया