शिविरमा दुई ड्रम सकेट बम बरामद

सुर्खेत, २६ भदौ । सुर्खेत जिल्लास्थित माओवादी सहायक शिविरमा रहेका दुई ड्रम सकेट बम सुरक्षा निकायले बरामद गरेर निष्कृय बनाएको छ ।
लेकफर्सा–६ स्थित माओवादी लडाकुको सहायक शिविरको कम्पाउण्डमा रहेका २ वटा ड्रम सकेट बम आज विहान फेला परेको प्रहरीले जनाएको छ ।
दुई वटा ड्रममा १ सय ९५ थान सकेट बम फेला परेका थिए । फेला परेका सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आजै दिउसो निष्क्रिय बनाएको छ ।
स्रोतका अनुसार सकेट बम माओवादी लडाकुले लुकाएर राखेका हुन् । फाईल तस्विर

प्रतिक्रिया