माओवादीलाई हतियारै प्यारोः देउवा

काभ्रे, २६ भदौ । कांग्रेस नेता शेरबहादुर देउवाले माओवादीलाई देश र जनताको भन्दा हतियारको मोह बढि रहेको बताएका छन् ।
काभ्रेको बनेपामा आज आयोजित कार्यक्रममा उनले आफू प्रधानमन्त्री हुँदा १० दिनको म्याद दिन नसक्ने माओवादीले एक वर्षमा पनि केही गर्न नसकेको बताए । ‘म २०५२ सालमा प्रधानमन्त्री हुँदा अहिलेका प्रधानन्त्री बाबुराम भट्टराईले ४० बुँदे माग राखे,’ उनले भने, ‘मैले दिल्लीबाट आए पछि तपाईका मागको सुनुवाई गर्छु भन्दा अल्टिमेटम पनि नकुरेर फागुन–१ गते नै हतियार बोकर मान्छे मार्न सुरु गरे ।’
‘तत्कालीन ४० सुत्रीय मागमा ३९ सुत्रीय जिउँका त्यू छन्,’ उनले भने, ‘आफ्नै नेतृत्वको सरकारले पनि माओवादीले केही गर्न सकेन ।’
नेता देउवाले सोमबार नेकपा–माओवादीले पेश गरेको ७० बुँदे मागपत्र पुरा गरेर देखाउन भट्टराईलाई चुनौती दिए ।
‘त्यस बेला माओवादी माग पुरा गराउनु भन्दा पनि प्रचार गर्न मात्रै चाहन्थ्यो,’ देउवाले भने ।
देश संकटमा फस्न लागे पनि माओवादी जिम्मेवार हुन नसकेको देउवाको आरोप थियो । उनले तत्काल माओवादीलाई अहंम त्यागेर सहमतिमा आउनु पर्ने बताए ।

प्रतिक्रिया