अडियो विमोचनमा नायकको बर्थ डे सेलिब्रेसन


काठमाडौं : चलचित्र ब्ल्याकमेलको अडियो सिडी सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ रामेश्वर राय यादव, निर्माता संघका अध्यक्ष राजकुमार राई, नायक जीवन लुइँटेल तथा निर्देशक मधुसूदन भट्टराईले संयुक्त अडियो विमोचन गरेका हुन् ।
प्रदर्शनको तयारीमा रहेको चलचित्रबारे जानकारी गराउन आयोजित कार्यक्रममा नेता यादवले समाजमा सबैसँग बसेर हेर्ने चलचित्र निर्माण गर्न सुझाव दिए ।
अध्यक्ष राईले चलचित्र निर्माण र प्रदर्शन स्वाभाविक प्रक्रिया भएकाले अहिलेको महत्त्वपूर्ण विषयचाहिँ व्यवसाय रहेको बताए ।
सोमबारै नायक जीवन लुइँटेलको जन्मदिन परेकाले सोही कार्यक्रममा केक काटेर उनको बर्थ डे पनि मनाइएको थियो । उपस्थितहरूले उनलाई शुभकामना दिएका थिए ।
जनकपुर मिडिया हाउसको दोस्रो प्रस्तुति रहेको ब्ल्याकमेल सस्पेन्स अनि थ्रिलर त्रिकोणात्मक लभ स्टोरीमा आधारित छ, जसमा सबैभन्दा बढी विश्वास गरेको साथीले नै विश्वासघात गरेको कथानक समेटिएको छ ।
सुमन सिंह, जीवन लुइँटेल, श्वेता भट्टराई, आरपी पन्त, यागेन्द्र श्रेष्ठ, नागेन्द्र रिजाल, शैलजा पाण्डे, रश्मि भट्ट, नीरज पन्त आदिको मुख्य अभिनय छ । २९ भदौदेखि देशभरबाट प्रदर्शनमा आउन लागको यो चलचित्र शरद अधिकारीले निर्माण गरेका हुन् भने निर्देशक हुन्– मधुसूदन भट्टराई । (सौस)

प्रतिक्रिया