आयोजनाको सामान अलपत्र

मुगु, २४ भदौ । माग्री गाविसको च्याप्नीगाडमा निर्माणाधीन जलविद्युत् आयोजनाका बहुमूल्य निर्माण सामग्री आयोजनास्थलमा नपुर्‍याई बीच बाटोमै अलपत्र पारिएका छन् । सामान स्थानीय विकास मन्त्रालयअन्तर्गत दुर्गम क्षेत्र विकास समितिको अनुदान एवं प्राविधिक सहयोगमा उपलब्ध गराइएको हो ।

आयोजना निर्माण एवं निर्माण सामग्री खरिद तथा ढुवानीको जिम्मा पाएको कम्पनी राधा कन्स्ट्रक्सन अहिले कुनै सम्पर्कमा नभएको स्थानीयवासीले बताएका छन् । आयोजनाका स्थानीय उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष तथा जिल्लास्थित दुर्गम क्षेत्र विकास समितिका लेखापालसमेतको मिलेमतोमा निर्माणको कुनै काम सुरु नगर्दै १६ लाख रुपियाँभन्दा बढी भ्रष्टाचार भइसकेको दाबी स्थानीय युवाले गरेका छन् ।

प्रतिक्रिया