खुकुरी प्रहारबाट घोराहीमा दुई घाइते

दाङ, २३ भदौ । दाङको घोराहीमा खुकुरी प्रहारबाट दुई जना युवा घाईते भएका छन् ।
खुकुरी प्रहारबाट गएराति साढे नौ बजे घोराही–६ बस्ने १८ बर्षीय सुजन चौधरी र २२ बर्षीय खेमराज ज्ञवाली घाइते भएको प्रहरीले जनाएको छ ।
ज्ञवाली र चौधरीलाई घोराही–१० बस्ने ३५ बर्षीय टीकाराज रोक्का र उनका भाई आरन रोक्काले खुकुरी प्रहार गरेर घाईत बनाएका हुन् । घाईतेको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गरेका रोका दाजु भाई फरार रहेका छन् । उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारका विषयमा प्रहरीले केही जनाएको छैन ।

प्रतिक्रिया