अमेरिकी राजदूत पिटर आईपुगे

काठमाडौं, २३ भदौं । नेपालका लागि अमेरिकी नयाँ राजदूतमा नियुक्त पिटर डब्लु बोड्डी काठमाडौं आईपुगेका छन् ।
उनले मंगलबार राष्ट्रपति डा.रामवरण यादव समक्ष आफ्नो ओहदाको प्रमाण पत्र बुझाउने कार्यक्रम रहेको नेपालस्थित अमेरिकन एम्वेसीको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ । प्रमाण पत्र बुझाउने कार्यक्रम सोमबार विहान दस बजे रहेको छ ।
काठमाडौंमा आज आईपुगेका उनले सोमबारबाटै आफ्नो जिम्मेवारी पनि सम्हाल्ने छन् । नेपालको राजनीतिक अवस्थालाई नजिकबाट नियाल्ने अमेरिकाले पूर्व राजदूत स्कट एच डेलिसीको स्थानमा पिटरलाई पठाएको हो ।

प्रतिक्रिया