ज्ञान र सिपलाई राष्ट्र निर्माणमा लगाउन सुझाव

काठमाडौं, २३ भदौं । राष्ट्रपति डा.रामवरण यादवले नेपालीहरुले आर्जन गरेको ज्ञान र दक्ष सिपलाई राष्ट्र निर्माणमा लगाउन आव्हान गरेका छन् ।
उनले शिक्षामा पछि परेका समुदायलाई शिक्षाको मूल धारमा समाहित गराउन ठूलो प्रयासको खाँचो रहेको बताए । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले अधिकासं युवाहरु रोजगारी र शिक्षाका लागि अन्य मुलुकमा जानु पर्ने अवस्थालाई अन्त्य गर्न सुझाव दिए ।
उनले भने, ‘स्वदेशमा रहेका शिक्षालयहरुलाई सुधार गरेर अगाडि बढ्नु पर्छ ।’
शिक्षामन्त्री दीनानाथ शर्माले नयाँ नेपाल निर्माण गर्न जनशक्तिको खाँचो रहेको बताए । उनले दुई हजार पन्ध्र सम्म सबैका लागि शिक्षा भन्ने मुल नारा पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राष्ट्रपति डा.यादवले दुई सय छत्तीस जनालाई नेपाल विधा भूषण पदक प्रदान गरेका थिए ।
यसैवीच, आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरेर मनाईदै छ । विक्रम संवत २०३१ साल देखि नेपालले शिक्षा दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया