उपत्यका बन्दको कार्यक्रममा हेरफेर

काठमाडौं, २२ भदौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलनमा रहेका विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले उपत्यका बन्द लगायतका कार्यक्रममा केही हेरफेर गरेका छन् ।
नौ विद्यार्थी संगठनको आज काठमाडौंमा बसेको बैठकले भदौं–२४ गतेको उपत्यका बन्दलाई सारेर भदौं–२७ गते नेपाल बन्द गर्ने निर्णय गरेका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार २४ गते वीपी जयन्ती र एमए प्रथम बर्षको परीक्षा भएकाले बन्दको कार्यक्रममा हेरफेर भएको हो ।
यद्यपी विद्यार्थी संगठनहरुले भदौ–२७ गते उपत्यका बन्दको साटो नेपाल बन्दको कार्यक्रम तय गरेका छन् ।
बैठकले २४ गते नेपाल आयल निगम घेराउ गर्ने, २५ गते प्रधानमन्त्रीको पुत्ला जलाउने, २६ गते मुलुक भरि मसाल जुलुस गर्ने कार्यक्रम तय गरेको प्रवक्ता लामिछानेले बताए ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको निर्णय फिर्ता गर्न दबाव दिन विद्यार्थी संगठनहरुले संघर्ष गर्दै आएका छन् । कार्यक्रमलाई यवा संगठनहरुले पनि समर्थन गरेका छन् ।

प्रतिक्रिया