विद्यार्थीले सरकारी गाडी चल्न दिएनन्

काठमाडौं, २२ भदौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा संघर्ष गर्दै आएका विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले आज सडकमा सरकारी सवारी साधन गुड्न दिएका छैनन् ।
नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार विहानैदेखि सरकारी र भारतीय नम्वर प्लेटका सवारी साधन सडकमा चल्न नदिएको बताए ।
आन्दोलनको वेवास्ता गर्दै सरकारी र भारतीय नम्वर प्लेटका सवारी साधन सडकमा देखिए अवरोध गर्ने बताए ।
कामचलाउ सरकारले मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा भारि मूल्य बृद्धि गरेपछि विरोधमा विद्यार्थीले सडक संघर्ष गर्दै आएका छन् । उनीहरुले बृद्धि भएको मूल्य फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया