जंगली हात्तीको आक्रमणबाट मृत्यु

रौतहट, २२ भदौ । रौतहट जिल्लामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रंगपुर–३, मैरा बस्ने मलख माझी की ५५ वर्षीया पत्नी मैंयादेवी माझी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
बिहीबार बेलुका खेतबारीमा धान गोडर फर्कदै गरेकी माझीलाई ब्रम्हा टोल नजिकै जंगली हात्तीले आक्रमण गरेर घाईते बनाएको थियो ।
हातीले लछारपछार गरेर माझीलाई घाईते बनाएर फ्याकेको थियो । उनको हातखुट्टा समेत भाँचिएका थिए ।
गम्भीर अवस्थामा रहेकी उनलाई गएराति उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको मृत्तकका पति मलखले बताए ।
सो क्षेत्रमा जंगली हात्तीहरुको एक समूहले बिगत केही दिन यता आतंक मच्चाउँदै आएको स्थानीयले बताए । सो क्षेत्रमा ३०/३५ वटा जंगली हात्ती देखा परेका छन् ।

प्रतिक्रिया