चिनियां कम्पनीले बदमासी स्विकार्‍यो

काठमाडौं, २२ भदौं । चीनको हवु इ  सनलाइट  इलेक्ट्रिक कम्पनी र जेके होल्डिङ कम्पनीले नेपालमा पठाइएका गुणस्तरहिन ट्रान्सफर्मर
प्रतिस्थापन गरिदिने भएका छन् । नेपाल विद्युत् प्राधिकरणलाई पत्र पठाउँदै दुवै कम्पनीले ती ट्रान्सफर्मर फेरिदिने प्रतिबद्धता जनाएका हुन् । टेन्डर प्रक्रियामार्फत चिनियाँ कम्पनीले  नेपाल ल्याएका ट्रान्सफर्मर गुणस्तरहीन रहेको  पाइएपछि पछिल्लो समय तीव्र विवाद उब्जेको
छ । नेपाल पठाइएका ट्रान्सफर्मरमा गल्ती भएको स्विकार्दै उनीहरूले टेन्डर सम्झौताका आधारमा सबै ट्रान्सफर्मर प्रतिस्थापन गर्ने गरी पत्र लेखेको प्राधिकरण ग्राहक तथा वितरण शाखा पूर्वका महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरहीन ट्रान्सफर्मर पठाउने कम्पनीलाई कारबाहीका लागि सो शाखाले १ जुन २०१२ देखि पत्र पठाउँदै आएको छ । ‘अब चीनबाट ल्याइएका ट्रान्सफर्मरको पैसाडब्ने  अवस्था छनै , सबै प्र तस्थापन गनर् पत्र पाएका छैं ’ पाडै ले ले भने । पा्र धिकरणले सने याङ डङन्याङ उत्पादक र जेके सप्लायर्स भएका ४
सय ७४ वटा ट्रान्सफर्मर नेपाल आयात गरेको थियो । प्राधिकरणका अनुसार ४ लाख ५० हजार  ६ सय ७ अमेरिकी डलरमा ती ट्रान्सफर्मर
नेपाल आयात गरिएका थिए । त्यसैगरी, दुई   लटमा हुवेईमार्फत १६ लाख २ हजार डलरमा १ हजार २ सय ६० वटा ट्रान्सफर्मर र विश्वबकैं केा सहयागे मा उक्त कम्पनीमाफर्त नै करिब १६ करोड रुपैयाँमा ७ सय ३५ वटा ट्रान्सफर्मर नेपाल आयात गरिएका थिए । हुवेईले पनि टा्र न्सफमर्र नेपाल  आयात गनर्र  क्रममा गल्ती भएका भन्दै  त्यसकेा  प्र तस्थापन गन्र पत्र पठाएको छ । हवु इे ले  विश्व बकैं लाइर्  समते उक्त आशयकोपत्र पठाएको छ । ‘कम्पनीको ट्रान्सफर्मर बनाउने युनिटबाट केही ट्रान्सफर्मर सप्लाईमा गल्ती भएको छ,त्येा  प्र तस्थापन गनर्  तयार छा, ’ पत्रमा भनिएको
छ, ‘नेपालमै हाइक्लासको वर्कसप राखेर तीनचरणमा सम्पूर्ण प्रतिस्थापन गर्नेछौँ, प्राधिकरण सन्तुष्ट हुने गरी काम गर्नेछौँ ।’हुवेईले बाहिर तामा र भित्र आल्मुनियम भएका.सबै प्रतिस्थापन गरिने तर पठाइएका सबैमा  गल्ती नभएको बताएपछि कुन–कुन थियो भनेर अध्ययन गर्न कठिनाइ भएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । हुवेई, जेकेलगायत विभिन्न कम्पनीमार्फत ०६३ यता पठाइएका अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन र कमसल भेटिएका थिए । अघिल्लो बिहीबार लैनचौरस्थित प्राधिकरणको वर्कसपमा विश्व बैंकको सहयोगमा चिनियाँ कम्पनीमार्फत खरिद गरिएका ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटिएपछि छानबिन अघि बढेको थियो । उक्त ट्रान्सफर्मर नयाँमै खिया लागेको भेटिएको छ ।
‘चिनियाँ कम्पनीले सबै प्रतिस्थापन गर्ने भन्दा पनि प्राधिकरण सञ्चालक सदस्यहरू त्यो नमानेर कमिसनको भरमा इकरातसँग नयाँ ट्रान्सफर्मर ल्याउन षड्यन्त्र गर्दै छन्,’ एक कर्मचारीले भने, ‘अब पनि जाँचका लागि गएका कर्मचारीलाई कारबाही गर्छु भनेर हिँड्नु कमिसन कुम्ल्याउने दाउबाहेक केही होइन ।’
प्राधिकरण बोर्ड बैठकले ०६३ यता ट्रान्सफर्मर आयात गरिएका कम्पनीसँग कारोबार स्थगन गरी कालोसूचीमा राख्ने निर्णय मंगलबारको बैठकले गरिसकेको अवस्थामा चिनियाँ कम्पनीले प्रतिस्थापन गरिदिने पत्र पठाएपछि अब कालोसूचीमा राख्ने कि के गर्ने भन्ने अन्योल बढेको छ ।

एउटा कम्पनी छानबिनमा परेन
चीनबाट आयात गर्ने ट्रान्सफर्मरको जाँचका लागि गएका प्राधिकरणका कर्मचारीले ०६३ सालयता ट्रान्सफर्मर नेपाल पठाएको एक कम्पनीका ट्रान्सफर्मरमाथि डा. दुलालको नेतृत्वमा रहेको समितिले छानबिन नगरेको दाबी गरेका छन् । प्राधिकरणका उच्च व्यक्ति पर्ने हुनाले चीनकै सिचुवाङ डङफोङ कम्पनीबाट ल्याइएका ट्रान्सफर्मर समितिको छानबिनमा नपरेको उनीहरूको दाबी छ ।
उक्त कम्पनीको जाँचका लागि प्राधिकरण कार्यकारी निर्देशक सचिवालयका निर्देशक अष्टरत्न शाक्य, उपप्रबन्धक त्रिपुरारी सिंह तथा उपप्रबन्धक चन्दन घोष र इन्जिनियर अशोक कक्षपति पर्ने हुनाले छानबिनमा नपरेको उनीहरूको दाबी छ । उक्त कम्पनीबाट चार सय ट्रान्सफर्मर ल्याइएको दाबी उनीहरूले गरेका छन् । स्रोतका अनुसार     ट्रान्सफर्मरको कृत्रिम हाहाकार मच्चाएर इकरातसँग कमिसनको लोभमा विभिन्न देशबाट ल्याइएका करिब १६ सय नयाँ ट्रान्सफर्मर उपयोग नगरी विभिन्न ठाउँमा लुकाइएको अवस्थामा राखिएका छन् । हेटौंडामा ६ सय, खरिपाटीमा ७ सय ५०, गैंडाकोटमा २ सय र बलम्बुमा ६० नयाँ ट्रान्सफर्मर थन्क्याएर राखिएको स्रोतले बतायो ।

प्रतिक्रिया