चुरेभावरमा महाधिवेशन विवाद

काठमाडौं : चुरेभावर राष्ट्रिय पार्टी नेपालले पार्टीसँग असम्बन्धित केही व्यक्तिले पार्टीको नाम र झन्डा दुरुपयोग गरी महाधिवेशन आयोजना गरेको जनाएको छ ।
चुरेभावरले बिहीबार पत्रकार सम्मेलन गरी भूमिराज निरौला, शिवप्रसाद तामाङलगायतले महाधिवेशनका नाममा थालेको गतिविधि अवैधानिक भएको जनाएको हो । महासचिव बद्रीप्रसाद न्यौपानेले महाधिवेशन गर्ने पक्षलाई आधिकारिकता देखाउन चुनौती दिए । हालै सम्पन्न केन्द्रीय भेलाले २५ जेठ ०७० मा राजधानीमा दोस्रो महाधिवेशनको मिति तय गरिसकेको उल्लेख गर्दै महासचिव न्यौपानेले जिल्ला अधिवेशन नै नगरी पार्टीको नाममा गुन्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेको दाबी गरे । (सौस)

प्रतिक्रिया