चुरे भावरमा विवाद पुनः चुलिदै

काठमाडौं, २१ भदौ । महामन्त्री बद्रीप्रसाद न्यौपाने समूहको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले अनाधिकृत महाधिवशेन गर्ने असन्तुष्ट पक्षलाई आधिकारिकता देखाउन चुनौती दिएको छ ।
न्यौपाने समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरेर कारबाहीमा परेका शिवप्रसाद तामाङ र भूमिराज निरौलाले पार्टीको झण्डा दुरुपयोग गरेर कथित महाधिवेशन गरेको भन्दै आधिकारिता देखाउन चुनौती दिएको हो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत रहेका मन्त्री न्यौपानेले कारबाहीमा परेका केही व्यक्तिले पार्टीको झण्डा र लोगो दुरुपयोग गरेकोमा आपत्ति प्रकट गरे ।
न्यौपाने समूहले २०७० साल जेठ २५ गते राजधानीमा दोस्रो महाधिवेशनको घोषणा गरिसकेको छ ।
उता, भूमि निरौला महासचिव रहेको समूहले काठमाडौंमा दोस्रो अधिवसन गरेपछि विवाद पुनः सार्वजनिक भएको हो । दुवै समूहले आ–आफू रहेका चुरे भावर पार्टी आधिकारिक रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया