सहमतिको प्रधानमन्त्री पौडेलः कोइराला

विराटनगर, २० भदौ । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व उपसभापति रामचन्द्र पौडेलले गर्ने बताएकी छन् ।
विराटनगरमा आज पत्रकारसँग कुरागर्दै उनले सहमतिको सरकारको नेतृत्व उपसभापतिले गर्ने विषयमा पार्टीले निर्णय गर्ने दाबी गरिन । उनले भनिन्, ‘रामचन्द्र पौडेलजीले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने सम्भावना छ ।’
छिट्ट राजनीतिक गतिरोध अन्त्य हुने बताएकी उनले अबको १५ दिनभित्र सहमति बन्ने दाबी गरिन् ।
संविधान निर्माणमा देखिएका विवादित विषय संघीयता, शासकीय स्वरुपलगायतका सम्पूर्ण विवाद विषय जनमतसङ्ग्रहबाट समाधान गरिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया