क्लिन्टन इन्डोनेसियापछि चीनतर्फ

जकार्ता : अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन इन्डोनेसियाको भ्रमण पूरा गरी मंगलबार चीनतर्फ प्रस्थान गरेको समाचार छ । इन्डोनेसियामा रहँदा उनले त्यहाँ राष्ट्रपतिसँग दुई देशबीचको सम्बन्ध विस्तारका साथै आपसी सहयोगका विविध पक्षमा कुराकानी गरेको बताइएको छ । इन्डोनेसियाका राष्ट्रपति सुसीलो बाङबाङ युधियोनोले द्विपक्षीय भेटका क्रममा विविध क्षेत्रीय मुद्दाका बारेमा पनि आवश्यक छलफल भएको जानकारी दिए । क्लिन्टन मंगलबार नै चीनतर्फ प्रस्थान गरेको इन्डोनेसियाको राजधानी जकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ । उनले चीनमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री एवम् आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पछिल्ला केही दिनयता चीन र जापानबीच
सीमा विषयलाई लिएर कूटनीतिक तनाव उत्पन्न जारी रहेको समयमा विदेशमन्त्री क्लिन्टनको चीन भ्रमण सुरु भएको छ । चीन र जापानका बीचमा पूर्वी चीन समुद्रमा रहेका दुईवटा टापुका विषयलाई लिएर व्यापक मात्रामा विवाद हुँदै आएको छ । (एएफपी)

प्रतिक्रिया