बेलबारीमा आगलागी, बीस लाख नोक्सानी

इटहरी, १९ भदौ । मोरङ जिल्लाको बेलबारी गाविस–७ आज दिउँसो भएको आगलागीमा बीस लाखभन्दा बढीको नोक्सानी भएको छ ।
खाना पकाउने एलपी ग्याँस सिलिन्डरबाट लिक भएको आगलागीबाट धनश्याम राईको घर तथा अन्य सम्पत्ति जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
राईको भान्सा कोठाबाट सुरु भएको आगोले राईको दुईतले काठको घर तथा सँगै रहेका दुई घरसमेत जलेर नष्ट भएका छन् ।
आगलागीमा राईको घरमा रहेको १० तोला सुन, आठ तोला चाँदी, भाडावर्तन, अन्नपात, लत्ताकपडालगायतका वस्तु जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया