विपक्षीसँगको वार्ता सकारात्मक

काठमाडौं, १९ भदौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनलाई विपक्षी दलहरुसँग भएको बार्ता र सम्वादका बारेमा जानकारी गराएका छन् ।
एमाओवादीको पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको गठबन्धनको बैठकमा दलहरूबीच भइरहेको सहमतिको प्रयासका बारेमा दाहालले जानकारी गराएको प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।
बैठकमा दाहालले विपक्षी दल कांग्रेस र एमालेसँगको छलफल सकारात्मकरूपमा अघि बढेको तथा चाँडै समाधान निस्कने सम्भावना उल्लेख गरे । गठबन्धनको अर्को बैठक आगामी बिहीबार बस्ने छ ।

प्रतिक्रिया