सरकार कांग्रेसलाई दिन सकिदैन

काठमाडौं, १९ भदौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बनाउनका लागि संविधानसभा पुनःस्थापनामा सहमति जनाउनुपर्ने पूर्व सर्त राखेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले कांग्रेसलाई यथास्थितिमा सरकारको नेतृत्व दिन नसकिने बताए । उनले दलहरुका वीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न पनि जोड दिए ।
कांग्रेसले राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउन माग गरिरहेका बेला एमाओवादी अध्यक्ष दाहालले सो अभिब्यक्ति दिएका हुन् ।

प्रतिक्रिया