महिला टोली श्रीलंका जाँदै

काठमाडौ : पछिल्ला बर्षहरुमा राम्रो प्रदर्शन गरिरहेको नेपाली महिला फुटबल टिम दोस्रो साफ च्याम्पियनसीपमा सहभागिता जनाउन मंगलबार श्रीलंका प्रस्थान गर्दैछ । फुटबल टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघले विदाइ गर्‍यो । अर्को साता सुरु हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । प्रतियेगितामा आठवटै दक्षिण एसियाली राष्ट्रका सहभागिता रहेको छ ।
नेपालले समुह बीमा नेपाल पाकिस्तान, अफगानीस्तान र माल्दीभ्सको सामना गर्ने छ । समुहएमा भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । समुहबीमा नेपाल पहिलो हुने अनुमान गरिएको छ । यसैगरी समुह एमा भारत पहिलो तथा बंगलादेश दोस्रो हुने अनुमान गरिएको छ भने फाइनल नेपाल र भारतविच नै हुन लख धेरैको छ । नेपालले पहिलो खेल शनीबार पाकिस्तानसंग खेल्ने छ ।
यस अघि ढाकामा भएको ११ औ दक्षिण एसियाली खेलकुद तथा चटगाउमा भएको पहिलो दक्षिण एसियाली च्याम्पियनसीपको फाइनलमा भारतले नेपाललाई पराजित गरेको थियो । दुवै पटक नेपाली टोली ध्रुब केसीको प्रशिक्षणमा रहेको थियो । यस पटक नेपाली टोली किशोर केसीको प्रशिक्षणमा रहेको छ भने उनको साथमा कुमार कटुवाल रहेका छन् ।
किशोरले यस पटक उपाधि जित्ने सम्भावना पनि रहेको बताए । ‘ भारत नै हाम्रो प्रतिद्वन्दी हो । हामीले धेरै मिहेनत गरेका कारण आशाबादी रहेका छौ । ’ सञ्चारकर्मीसंगको कुराकानीमा उनले भने । कप्तान जमुना गुरुङ पनि टोली सन्तुलित भएको र तेस्रो पटकको प्रयास सफल हुने कुरामा आशा ब्यक्त गर्छिन् । टोलीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा लगायतले विदाइ गरे ।
पछिल्लो दुइ दक्षिण एसियाली स्तरीय प्रतियोगितामा सानदार प्रदर्शन गरेको नेपालको टोलीमा यस पटक पन िधेरै जसो तीनै खेलाडीको प्रभाव छ । नेपाली टोलीमा रहेका मध्य भगवती थापा रक्षपक्तिमा उत्कृष्ट खेलाडी मानीन्छीन् भने जमुना गुूरुङ र अनु लामो समन्वयले आक्रमण बलियो बनेको छ । नेपाली महिला टोलीको मिडफील्डमा अन्य खेलाडी स्वभाबिक देखीएि पनि कुनै पनि ठाउबाट गोलपोस्टमा प्रहार गर्ने खुबी भएकी लक्ष्मी पौडेलको कारण नेपाली टोली केही फरक रहेको छ । (सौस)

प्रतिक्रिया