कृषि मन्त्रालयको गाडी तोडफोड

काठमाडौं, १८ भदौ । काठमाडौंको नयाँ बानेश्वरस्थित मीनभवन चोकमा विद्यार्थीले कृषि मन्त्रालयको सवारी साधनमा तोडफोड गरेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा उत्रिएका नेपाल कमर्श क्याम्पसका विद्यार्थीले आज विहान कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेर क्षति पुराएको प्रहरीले जनाएको छ ।
तोडफोडबाट कृषि मन्त्रालयको बा.१ झ ८४५२ नम्बरको गाडीका शिशा फुटेका छन् ।

प्रतिक्रिया