तीन जनाको मृत्यु/दस यात्रु घाईत

धनुषा, १८ भदौ । । धनुषा जिल्लामा ट्रक र ट्याक्टर एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने दस यात्रु घाईते भएका छन् ।
भरतपुर–३, घडियास्थित महेन्द्र राजमार्गमा जलेश्वर मेलाबाट सिरहातर्फ जाँदै गरेको यात्रु बोकेको ना.३ त ३४५४ नम्वरको ट्याक्टर गएराति विग्रेर सडकमा रोकिराखेको ट्रकसँग ठोक्किदा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिव्रगतिमा रहेको ट्याक्टरले ना.३ ख ९५०५ नम्वरको ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो ।
घाईते ११ जनाको जनकपुर अंचल अस्पताल उपचार भईरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया